नेकपा (समाजवादी) बागमती प्रदेशको बैठक र कार्यालय उद्घाटन
हेटौंडा । नेकपा (समाजवादी) बागमती प्रदेश समितिको हेटौंडामा बैठक र कार्यालय उद्घाटन् भएको छ । समितिको प्रथम बैठक, भेला तथा प्रशिक्षण हेटौंडामा भएको छ । नेकपा समाजवादी बागमती प्रदेशको ईन्चार्ज इन्द्रप्रसाद तिमल्सिनाका सभाध्यक्षता तथा केन्द्रिय संयोजक राजु कार्कीको प्रमुख आतिथ्यतामा प्रथम बैठक भएको छ ।
आज बसेको पार्टीको प्रथम बैठकले प्रदेशको कार्यसमिति चयन गर्नेछ । कार्यक्रममा नेकपा समाजवादीका केन्द्रिय प्रवक्ता मान बहादुर तामाङ लगायत विभिन्न जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । पाटीको बागमती प्रदेशको मुख्य कार्यालय हेटौंडामा उद्घाटन गरिएको छ ।
प्रदेश कार्यालयसँगै मकवानपुर जिल्ला समिति कार्यालयको पनि उद्घाटन भएको हो । बागमती प्रदेश राजधानी हेटौंडामा समाजवादीको प्रदेश र जिल्ला कार्यालय उद्घाटन गर्दै केन्द्रिय संयोजक राजु कार्कीले सातै प्रदेश मध्ये पहिलो हेटौंडामा प्रदेश कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले समाजवादी पार्टीले अब शान्तिपूर्ण लडाई लड्ने बताउनुभएको छ । अबको चुनावमा नेकपा समाजवादी बैकल्पिक शक्तिको रुपमा उदाउने उहाँले बताउनुभयो ।