नेपाली कांग्रेसको सह-महामन्त्रीमा मकवानपुरका डिना निर्वाचित

जनजातीमा भीष्म र दलित तर्फ जीवन बिजयी
निरन्तर न्यूज
२ पुष २०७८, शुक्रबार ०७:१३

काठमाडौ । नेपाली काँग्रेसको ३ सहमहामन्त्री पदको मतगणनाको नतिजा आएको छ । बिहीबार राति प्राप्त मतगणनाको अन्तिम नतिजाअनुसार महिला, आदिवासी जनजाती र दलिततर्फको सहमहामन्त्री पदको मतपरिणाम घोषणा गरिएको हो ।

निर्वाचन समितिका अनुसार महिला कोटाको सहमहामन्त्री पदमा महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी कमला पन्तलाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

अन्तिम नतिजाअनुसार डीनाले २५३३ र कमलाले २१०५ मत ल्याएकी छन् ।

आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी विकाश लामाले १९१३ मत मात्रै पाए ।

आदिवासी जनजातीतर्फबाट महामन्त्री बन्न सफल भएका आङ्देम्बे शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए ।
यसैगरी दलित कोटातर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी शेखर कोइराला प्यानलबाट विजयी भएका हुन् ।

चुनावी प्रतिस्पर्धामा शेरबहादुर देउवा प्यानलका मानबहादुर विश्वकर्मा पराजित भए ।
कांग्रेसमा ८ जना सहमहामन्त्री पदको मतगणना हुन बाँकी रहेको छ । अब खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदको मतगणना हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*