रक्षामन्त्री मिनेन्द्र रिजालले दिए मन्त्री पदबाट राजीनामा

निरन्तर न्यूज
१ पुष २०७८, बिहीबार २१:०४

काठमाडौं। रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर बढ्न सुझाव दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित भएका र उनका लागि महत्वपूर्ण अवसर रहेको रिजालको भनाइ थियो। डा रिजालले बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिए। बग्रेल्ती चुनौती र अद्भूत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि उनले बताए।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य रिजालले आज सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनमा निकै ठूलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको बताए। प्रधानमन्त्री देउवालाई राजीनामापत्र बुझाएर उनले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

“नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिक रूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छु”, डा रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामा-पत्रमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*