कांग्रेस महामन्त्रीमा गगन र बिश्वप्रकाश निर्वाचित

निरन्तर न्यूज
१ पुष २०७८, बिहीबार १८:४५

काठमाडौं । शुरुआती अवस्थाबाटै अग्रता लिइरहेका गगन थापाले सर्वाधिक मतसहित नेपाली कांग्रेस कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका छन्।

कूल खसेको ४६८२ मत खस्दा थापाले सर्वाधिक बढी ३ हजार २३ मत ल्याएका छन्। यो भनेको कूल ६५ प्रतिशत मत हो। शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थापाले जित्ने सबैले अनुमान गरेका थिए। आफ्नो प्यानलले सभापति पदमा हार बेहोरे पनि थापालाई अधिकांश प्रतिनिधिहरूले रुचाए।

यस्तै महामन्त्रीमा अर्का उम्मेदवार विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। शुरुआतदेखि नै अन्य चार उम्मेदवारालई तल पार्दै उनले दोस्रो बढी मत ल्याएर महामन्त्री बने। उनले १९८४ मत ल्याउन सफल भए।

नेपाली कांग्रेसका प्रवक्ता रहेका शर्मा पनि युवापुस्तामाझ निकै लोकप्रिय र शालीन नेताको रूपमा चिनिन्छन्। प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरे पनि उनी पार्टीपंक्तिमा चर्चित छन्।

महाधिवेशनमा उम्मेदवारी दिँदा प्रकाशमान सिंह समूहमा रहेका उनी सभापति शेरबहादुर देउवासित निकट भएर काम गर्दै आएका थिए । देउवाले उनलाई सह–महामन्त्रीमा सीमित गर्न खोजेपछि शर्माले प्रकाशमान सिंह समूह रोजेका थिए ।

देउवा प्यानलका डा प्रकाशशरण महत भने महामन्त्रीको दौडमा पछि परेका छन् । विश्वप्रकासलाई पछ्याउदै गएपनि अन्तिम गणना पुग्दा उनी पराजित भएका छन् । देउवाका सबैभन्दा नजिकका मानिएका उनी थापा र शर्माको छायामा परे। त्यस्तै देउवासँग समीकरण बनाएपछि कृष्णप्रसाद सिटौलाले महामन्त्रीमा प्रदीप पौडेललाई उम्मेदवार बनाएका थिए। तर उनले पनि महामन्त्री जित्न सकेनन्।

त्यसैगरी तेस्रो भएका महतले १५५० मत पाए। प्रदीप पौडेलले १४०९ मत ल्याउँदा डा मीनेन्द्र रिजालले ८०९ मत पाए। विमलेन्द्र निधि प्यानलबाट महामन्त्री उठेका डा राजाराम कार्कीले भने एक सय मत कटाए। उनले जम्मा १०७ मत पाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*