नेपाली काँग्रेस उपसभापतिमा खड्का र गुरुङ बिजयी
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको मतगणना सकिएको छ।
महाधिवेशनको अन्तिम मत परिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। गुरुङले अर्का प्रत्यासी विजय गच्छदारलाई अन्तिम समयमा आएर झिनो मतान्तरले पराजित गर्न सफल भए।
नेपाली कांग्रेसको इतिहासमा उनीहरू पहिलो निर्वाचित उपसभापति भएका छन्। कांग्रेसमा दुई जना उपसभापति हुने विधानतः व्यवस्था छन्।
मतगणनाको शुरुआती अवस्थामा अग्रता बनाइरहेका धनराज गुरुङ अप्रत्याशित रूपमा तल झर्दै गएका थिए।। करिब १०० देखि २०० मतसम्मको अग्रता लिएका उनको मत परिणाम अन्तिम समयमा आएर उल्टिएको थियो। उनले सभापतिमा पराजित भएका शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए।
महेश आचार्यले आचार्यले प्यानलबिना उम्मेदवारी दिएका थिए। उपसभापतिको दौडबाट गच्छदारसँगै आचार्य, प्रकाशमान सिंह समूहमा रहेकी सुजाता कोइराला र विमलेन्द्र निधितर्फबाट दिव्यश्वरी शाह पनि थिए। यस्तै कोइराला प्यानलबाटै उपसभापतिमा उम्मेदवारी दिएका डा चन्द्र ढकाल पनि मतपरिणामको अन्तिम समयमा आएर तल झरे। उनी सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट सभापतिमा प्रत्यासी थिए।
यता मत परिणामको शुरुआती अवस्थामा निकै तल रहेका विजय गच्छदारले भने अप्रत्याशित रूपमा अग्रता बनाएका थिए। गुरुङ र डा भण्डारीभन्दा निकै तल देखिएका उनले ३५ सय मत गणना हुँदा एक्कासि सबैलाई उछिन्न सफल भएका थिए।
उपसभापतिमा खड्काले सर्वाधिक मत पाउँदा गुरुङ र गच्छादारबीच भने तीव्र प्रतिस्पर्धा भयो।
मतगणना निरन्तर भइरहेको बेला विवाद उत्पन्न भएपछि केहीबेर रोकिएको थियो। जसका कारण अन्तिम मतपरिणाम आउन समय लागेको थियो।