मन्त्री सपथ कार्यक्रममा पत्रकार प्रवेशमा रोक

निरन्तर न्यूज
२८ मंसिर २०७८, मंगलवार २१:२९

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुखको कार्यालयद्वारा पटक–पटक मन्त्रीहरुको सपथ ग्रहणमा पत्रकारलाई रोक लगाइएको छ । प्रदेश प्रमुख यादब चन्द्र शर्माको निर्देशनमा पत्रकारलाई मन्त्रीहरुको सपथग्रहणमा रोक लगाइएको हो ।

आज पाँच जना मन्त्री र एक जना राज्यमन्त्रीको सपथग्रहणका क्रममा सरकारी संचार माध्यमकारलाई फोटो, भिडियो खिच्न दिएपनि निजी सञ्चार माध्यमका पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको हो । नबनियुक्त मन्त्रीहरुले पत्रकारलाई भित्र छिर्न नदिए सम्म सपथग्रहण नगर्ने भन्दा पनि प्रदेश प्रमुख र सचिबले पत्रकारलाई छिर्न नदिएका हुन् ।

मंगलबार प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्नु भएको थियो । पाण्डेले थपेका मन्त्रीहरुको शपथग्रहणमा पत्रकारहरुलाइ प्रवेश गर्न रोक लगाइएको हो । यसअघि प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शपथग्रहणमा पनि सन्चारकर्मिहरुलाइ प्रवेश गर्न रोक लगाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*