आजबाट सातौं हेटौंडा भेट्रान्स फुटबल कप हुने
हेटौंडा । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता भोलीबाट हेटौंडामा हुने भएको छ । सोमबार विहान हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतले प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम संयोजक मणिराज गौतमले बताए ।
सोमबार देखी पौष ३ गते सम्म प्रतियोगितामा १९ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगीतामा ४० वर्ष माथिका उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने छ ।
सातौ संस्करणको प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दोस्रो हुने समुहले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्ने आयोजक क्लब हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवाराज बज्रचार्यले बताए ।
उद्घाटन खेल आयोजक हेटौंडा भेट्रान्स (बि) र सिमरा भेट्रान्सबीच हुनेछ । भोली नै अर्को खेल २ बजे सानो गौचरण नाइट किंग र विहानी क्लब फरेष्ट्री हेटौंडाबीच हुने आयोजकले जनाएको छ । उद्घाटन खेल विहान साढे ११ बने हेटौंडा ५ क्याम्पाचौरमा रहेको खेलमैदानमा हुने जनाइएको छ ।
खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र समुह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक गौतमले बताए ।