नेकपा (एकीकृत समाजवादी)ले पायो दलको मान्यता

निरन्तर न्यूज
१० भाद्र २०७८, बिहीबार ०७:००

काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले माधवकुमार नेपालको नेतृत्वमा गठन गरेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक दलको मान्यता पाएको छ ।

निर्वाचन आयोगले सो दललाई बुधवार दर्ता प्रमाणपत्र प्रदान गरेको हो ।

आयोगले बुधवार नै नेताहरुको सनाखत गरेको थियो । नवगठित दलको पक्षमा ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेका थिए ।

एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता पाएसँगै नेकपा(एमाले) औपचारिक रुपमा विभाजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*