अफगानि राष्ट्रपति घानीले देश छाडे
एजेन्सी। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनी काबुलबाट ताजकिस्तान लागेको रोयटर्सले जनाएको छ।
तालिवानी लडाकु काबुल प्रवेश गरेपछि घानीले देश छाडेका हुन्। तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। विद्रोही संगठन तालिबान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए। तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा गनीले राजीनामा दिनुपर्ने दबाबमा थियो।
तालिवानको धम्कीपछि उपराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ।