माओवादीको केन्द्रीय कमिटी बैठक सकियो, यस्ता निर्णय भए

निरन्तर न्यूज
३१ श्रावण २०७८, आईतवार २०:५१

काठमाडौँ । नेकपा माओवादीको केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्दै बैठक सकिएको हो ।

त्यस्तै बैठकले प्रतिगामी खतरा नसकिएको निष्कर्ष निकालेको छ । माओवादीले चार महिने संगठनात्मक अभियान चलाउने निष्कर्ष पनि निकालेको छ ।

त्यस्तै पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला रहनेछन् भने जिल्ला कमिटी खारेज गरेर समन्वय समिति राखिने माओवादीको निर्णय रहेको छ ।

त्यस्तै बैठकले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गरेका यस्ता छन् निर्णयहरु:

१) २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।

२) २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।

३) २०७८ असोज २० गते वडा सम्मेलन

४) २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।

५) २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन

६) २०७८ पुस ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।

७) संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने ।

८) जनवर्गीय एवं विभिन्न जातियरक्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तासम्म सम्पन्न गर्ने ।

९) जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिइने ।

१०) विधान संशोधनसहित पारित गरिएको छ ।

११) उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने ।

१२) सबै रिक्त कमिटिमा पदपूर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*