परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
परराष्ट्रले अफगानिस्तानमा रहेका नेपाली नागरिकको बिवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको पनि विज्ञप्तिमा जनाएको छ ।
नेपाली नागरिकको उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विबरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ ।
उद्धारका लागि +९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।