शुक्रबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) हरुलाई निर्देशन दिएको हो ।
त्यस्तै कोरोनाको पहिलो र दोस्रो लहरका बेला सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको भन्दै सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन जनाएको छ ।