कांग्रेसले महाधिवेशनमा ‘डिजिटल भोटिङ’ प्रविधि सुनिश्चितता गर्ने

निरन्तर न्यूज
५ श्रावण २०७८, मंगलवार १७:१३

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको अवस्था कायमै रहेपनि आगामी १४ औँ महाधिवेशन डिजिटल माध्यमबाट गर्न सकिने प्रविधि निर्माण गरेको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको महाधिवेशनका लागि केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’ को प्रविधि सुनिश्चितता गरेको जनाएको हो ।

गत असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको कांग्रेसले जनाएको छ ।

कोरोना महामारी कायमै रहेको अवस्थामा केन्द्र र प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था रहेको बताइएको छ । कोरोना महामारी न्यून भएमा भने महाधिवेशन भौतिक रुपमै गर्न सकिने तर कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा पूर्व निर्धारित तालिका अनुसार महाधिवेशन गर्ने व्यवस्था गरिएको बताइएको छ ।

यद्यपी महाधिवेशनका लागि शुन्यबाट शुरु नगरिकनै सम्पन्न गर्न सकिने प्रविधि भित्र्याइएको विभागले जनाएको ।

सो कुरा जानकारी दिनका लागि एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ( ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*