ओलीको बहिर्गमनपछिको सडक तमासा, टाउको छिनिसकेको पुच्छरको फिटिफिटी जस्तै

निरन्तर न्यूज
१ श्रावण २०७८, शुक्रबार २३:३०

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी ओली समर्थकहरुलाई तारो बनाएका छन् । आफ्नो अभिव्यक्तीकै कारण विवादमा आइरहने भट्टराईले निवर्तमान प्रधानमन्त्री तथा संस्थापन एमाले समर्थनहरुविरुद्ध आगो ओकलेका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन् ।

ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर विवादित टिप्पणी समेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।’

कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो भएको पनि भट्टराईले उल्लेख गरेका छन् । बाबुरामको उक्त टिप्पणीपछि केपी ओली समर्थकहरुले आक्रोश पोखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*