ज्योतिषको सल्लाहमा प्रधानमन्त्री देउवा आजै बालुवाटार सरे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् । उनको निजी सचिवालयले बालुवाटार सर्ने व्यवस्था मिलाइसकेको जनाएको छ ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार अहिले बिहान ९:५७ मा उनी परिवारका सदस्यसहित बालुवाटार प्रवेश गर्ने छन् । ज्योतिष विज्ञानमा विश्वास राख्ने प्रधानमन्त्री देउवालाई ९:५७ को साइत ज्योतिषले नै तय गरेपछि हतारमा सर्न लागेको बुझिएको छ ।
प्रधानमन्त्रीमा सपथ लिनुअगाडि पनि प्रधानमन्त्री देउवाले ज्योतिषकै सल्लाह अनुसार राष्ट्रपति कार्यालयले तोकेर बोलाएको समयभन्दा पछि सपथग्रहण गरेका थिए ।
यो समेत पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको यसअघि नै सुनाइदिएका छन् ।
हरेक शक्तिपिठमा पुजा गर्नु, कालो बोकाको बली चढाउनु र कुनैपनी कार्य थालनी अगाडि ज्योतिष परामर्श लिने देउवाको बानी छ ।