साउन ३ गते संघीय संसदको दुबै सदनको बैठक बस्ने
निरन्तर न्यूज
३१ असार २०७८, बिहीबार २१:१२
काठमाडौं । आगामी साउन ३ गते आइतवार संघीय संसदको दुवै सदनको बैठक बस्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् ।
जसअनुसार आइतवार अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थीत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्नेछ ।