सर्बोच्चको फैसलाको स्वागत गर्दै कांग्रेस-माओबादीको हेटौंडामा दिप प्रज्वलन
हेटौंडा । आज सर्बोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै कांग्रेस-माओवादी गठबन्धनले हेटौंडामा दिप प्रज्वलन गरेको छ ।
गठबन्धनले मकवानपुरको हेटौंडा बुद्ध चोकमा आज एक सभाको आयोजना गरि सर्बोच्चको फैसलाको स्वागत गरेका हुन् ।
सभामा नेबिसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठक, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, अनेरास्ववियु क्रान्तिकारी मकवानपुरका अध्यक्ष दिनेश सुवेदी, वाईसीएल केन्द्रीय सदस्य सुमन पाख्रीनले प्रतिगमन ढालिएको बताएका हुन् ।
सभा पछि उपस्थित सबैले दिप प्रज्वलन गरेका थिए ।