सर्वोच्चको फैसलालगत्तै माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक बस्दै

निरन्तर न्यूज
२८ असार २०७८, सोमबार १५:४७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुट्न लागेका हुन ।

सर्वोच्चको संवैधानिक इजलासले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।

माधव नेपालसहित ५ दलको बैठक बसेर गठबन्धनलाई नै सुदृढ गर्ने गरी अघि बढ्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*