सर्बोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर

निरन्तर न्यूज
२८ असार २०७८, सोमबार १५:४३

काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ । सर्वोच्चले सोमबार आफ्नो फैसला सुनाउँदै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको जेठ ८ गते भएको संसद विघटन बदर गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए।

सो रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाई भएको थियो ।

विघटनसँग सम्बन्धित रिटहरुमाथि जेठ ९ गतेबाट सर्वोच्च अदालतको संवैधानिक इजालसमा निरन्तर सुनुवाई भएर असार २१ गते सकिएको थियो । ३० वटामध्ये देउवाको रिटलाई प्राथमिकतामा राखेर सर्वोच्चले मुद्धा फैसला गरेको छ ।

निवेदक पक्षका अधिवक्ताहरुले बहसका क्रममा राष्ट्रपतिबाट संविधानले दिएको भन्दा बाहिर गएर अधिकारको प्रयोग भएको, संसद विघटनको घोषणा असंवैधानिक रहेको तथा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनमा सांसदहरुमाथि दलको ह्वीप नलाग्ने जिकिर गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*