क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै काँग्रेस मुख्यालयमा धर्ना

निरन्तर न्यूज
२७ असार २०७८, आईतवार १७:२६

क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै काँग्रेस मुख्यालयमा धर्ना

काठमाडाैं। नेपाली कांग्रेस बारामा क्रियाशिल सदस्यतामा धाधली भएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकताले पार्टी कार्यालय (मुख्यालय) सानेपामा धर्ना दिएका छन् ।

बारा जिल्लामा समायोजनाको विवाद टुङ्गीएपछि पनि वडालाइ जानकारी नगरी क्षेत्रले सिधै केन्द्रमा इन्ट्री गराएको भन्दै उनीहरुले आइतबार पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

पार्टीका क्षेत्रिय सभापतिहरुले आफु अनुकुलको व्यक्तिको नाममात्र केन्द्रमा पठाएको उनीहरुको आरोप छ । समायोजन अनुसार ताकिएका कुल १८ मध्ये १३ वडा सभापतिलाई क्रियाशिल सदस्यताको फारम समेत उपलब्ध नगराई सदस्यता केन्द्रमा पठाएको महाधिवेशन प्रतिनिधी राजेश रौनियारले बताए ।

धर्नामा सहभागीहरुले नेता तथा कार्यकर्ताको नियतवस रोकिएको क्रियाशिल नविकरण तत्काल सुरु गर्नुपर्ने, विधान नियमावली कार्यान्वयन गर्नुपर्ने, क्रियाशिलमा भएको धाधली छानविन गर्नुपर्ने लगाएतका माग राखेका छन् । आफुहरुको माग पुरा नभए निरन्तर धर्ना दिने उनीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*