प्रदेश सभामा जम्कट्टेल कड्किए : द्वन्द्वपीडितको बजेट किन काटेको ?
हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको भन्दै प्रदेश सभामा कड्किएका छन् । भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र तिनकै गुटमैत्री बजेट आएको भन्दै बिरोध गरे ।
विभिन्न समयमा गरेर धेरै पटक अवरोध भएको प्रदेश सभा आजबाट सुरु भएको बैठकमा आगामी आवको बजेटमाथि बोल्दै नेता जम्कट्टेलले बजेटले भने ` यसअघिका वर्षहरुमा निरन्तर रुपमा राखिको द्वन्द्वपीडितका कार्यक्रमहरु यसपटक किन कटौती गरिएको हो ? ´ ।
‘द्वन्द्वपीडितका क्षेत्रका कार्यक्रमहरु किन राखिएनन् । द्वन्द्वपीडित भनेपछि तपाईहरुलाई लाग्छ माओवादी मात्रै हुन् । तर, सबै माओवादीमात्रै द्वन्द्वपीडित होइनन् । सबै पार्टीमा छन् । द्वन्द्वपीडितको कार्यक्रम राखेर मन्त्रालयले खोजीखोजी सरकारले सुविधा दिनुपर्छ ।’ जम्कट्टेलले भने– ‘प्रदेशभित्र ७ हजारको हाराहारीमा द्वन्द्वपीडित छन् । घाइते अपाङ्गहरुको लागि पनि बजेटले सम्बोधन गर्न सकेको छैन ।’