बागमती प्रदेशसभाको बैठकमा बजेटको बिषयमा मुख्यमन्त्री र विपक्षको चर्काचर्की

निरन्तर न्यूज
२७ असार २०७८, आईतवार १३:०१

हेटौंडा । बागमती प्रदेशको प्रदेश सभामा विनियोजन विधेयकमाथि छलफल शुरू भएको छ ।

हेटौंडास्थित प्रदेशसभा भवनमा आइतबार बसेको बैठकमा विनियोजनमाथि छलफल शुरू भएको हो । विनियोजन विधेयक अन्तरगत आइतबार एकैदिन मूख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालयगत छलफल एकैदिन सिद्धाउने गरि छलफल अघि बढाइएको छ ।

बजेट विनियोजन असन्तुलित भएको, ससर्त अनुदान वितरण पूर्वाग्रही भएको, सरकार आफैंले संचारगृह चलाउन खोजेको, बिना पूर्वाधार विद्युतीय बस खरिद गर्न खोजेको लगायतका विषयमा विरोध गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि अघिल्लो शनिवारदेखि संसद चल्न सकेको छैन ।

छलफलमा मुख्यमन्त्री डोरमणी पौडेलले संसदमा उठेको प्रश्नको जवाफ दिएका थिए । प्रदेश सरकारले छापाखाना राख्ने, आम सन्चार गृह सन्चालन गर्ने, विद्युतीय बसको चार्ज स्टेशन राख्ने बारे उत्तर दिएका थिए ।

त्यस्तै नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले ल्याएको बजेटले निमुखा जनताको आधारभुत आवस्यकतालाई सम्बोधन नगरेको र समानुपातिक समाबेशी नभएको भन्दै बिरोध गरे ।

समाचार तयार पार्दा सम्म बैठक चालू रहेको र अन्य प्रदेस सभा सदस्यहरुले बोल्ने काॠ चलिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*