काठमाडाैं, २६ असार । नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदल बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी रहेको छ । १० सदस्यीय कार्यदलको शनिबारको बैठकमा जम्मा तीन जना उपस्थित भएका छन् ।
उक्त बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास र वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट उपाध्यक्ष भीम रावल मात्र बैठकमा सहभागी भएको बताइएको छ ।
स्रोतका अनुसार शुक्रबार साँझसम्मको वार्ताका बाँकी कुरा मिलाउन आज कार्यदलभित्रैका सीमित नेताबीच निर्णायक छलफल गर्न खोजिएको हो ।