बागमती प्रदेश सभाको बैठक स्थगित
हेटौंडा । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाईएको बैठक सूचना जारी गरेर स्थगित भएको हो ।
प्रतिपक्षी दलसंग सहमति विना बैठक बोलाईएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए । बैठकमा सहमति जुटाउनु भन्दा अंकगणितीय हिसावले पेलेर लैजाने ढंगबाट सत्तापक्ष आएपछि प्रतिपक्षहरुले यसको विरोध गरेको उनको भनाई छ । बैठक सुचारु गर्न शनिबार मूख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षि दलका नेता शालिकराम जम्कट्टेल, प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता ईन्द्र बानियाँ सहितको बैठकमा आइतबार बैठक संचालन गर्नेबारे छलफल भएको थियो ।
प्रदेश सरकारले आगामी आव ०७८÷०७९ का लागि ल्याएको बजेटमा असन्तुलन रहेको, सरकारले संचारगृह चलाउन लागेको, विना पूर्वाधार विद्युतीय सवारी खरिच गर्न लागेको जस्ता विषयको विरोधमा प्रतिपक्षी दलले बैठक अवरुद्ध गर्दै आएका छन् ।