सरकारकाे गलत काम ढाकछाेप गर्न सन्चार गृह सन्चालन : नेता बाँनीया
हेटौंडा । बागमती प्रदेश नेपाल कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले आफ्नो गलत कामको ढाकछोप गर्न संचारगृह खोल्नु लोकतन्त्र विरोधी गतिविधि भएको बताउनुभयो ।
आज हेटाैँडामा भएकाे प्रदेश सन्चार नीति र संवादबारेकाे छलफलमा नेता बाँनीयाले प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको बताए । संचार जगतलाई बलियो र सूचनाको हकलाई प्रवर्द्धन भन्दा सरकार कानून मिच्ने कामतर्फ अघि बढेको बाँनीयले बताए । बल मिचेर अनावश्यक हिसाबले कानून ल्याए काँग्रेसका सरकार आएमा त्यसलाई खारेज गरिने समेत उनले बताए ।
सरकारले संचारगृह चलाउने बजेट ल्याउन खोजेकोमा कांग्रेसले विरोध गर्ने र स्थानीय तहले आफ्नाे क्षेत्रका जनतामा सूचना पुर्याउन सन्चारमाध्यम खाेल्नु उचित भएकाे समेत बाँनियाले बताए । प्रदेश सरकारले कुनै पनि हालतमा संचारगृह संचालन गर्न नहुने बरू प्रदेशका श्रमजीवी पत्रकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागि अधिकांस सञ्चार संस्थाका प्रतिनिधि एवम् सन्चारकर्मीहरुले बागमती प्रदेश सरकारले सञ्चार क्षेत्रलाई अनावश्यक अंकुश लगाउने देखि कमजाेर बनाउन खाेजेकाे भन्दै सरकारकाे नीतिबारे आलाेचना गरिएकाे थियाे ।
महासंघ मकवानपुरका अध्यक्ष मणीराज गाैतमकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, संस्थापक अध्यक्ष प्रताप बिष्ट, केन्द्रीय सदस्य सुनिल खड्का र ध्रुव रावल, ब्रोडकाष्टिङ एशोसियसनका कार्यवाहक अध्यक्ष उज्ज्वल चौलागाईं, आन्तरिक मामिला मन्त्रालयका उपसचिव नारायण प्रसाद पोखरेल, प्रेस रजिष्टार रेवती सापकोटालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बागमती प्रदेशको संचार नीतिलाई केन्द्रमा राखेर गरिएकाे सम्वादमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवं मकवानपुर शाखाको संयोजनमा कार्यक्रम गरिएको हो ।