क्रोएसियाविरुद्ध जीत निकाल्दै स्पेन युरोकपको क्‍वाटरफाइनलमा

निरन्तर न्यूज
१५ असार २०७८, मंगलवार ०८:३७

काठमाडौं । युरोपमा जारी १६औं संस्करणको युरोकप फुटबलअन्तर्गत सोमबार अबेर राति सम्पन्‍न अन्तिम १६ को पाँचौं खेलमा स्पेन विजयी भएको छ । अतिरिक्त समयमा पुगेको खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोलअन्तरले हराएको हो ।

स्पेनलाई जीत दिलाउन पाब्लो साराबियो, फेरान टोरेस, सेजार एज्पिलिक्‍वेटा, अल्भारो मोराटा र मिकेल ओएरजाबालले १-१ गोल गरेका थिए । क्रोएसियाका मिस्लाभ ओरसिच र मारियो पासालिकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको २०औं मिनेटमा आत्मघाती गोलबाट क्रोएसियाले अग्रता लिएको थियो । पेड्रीले दिएको लामो ब्याकपासलाई स्पेनी गोलरक्षक उनाई सिमोनले सहजै नियन्त्रणमा लिन सक्ने अवस्था भएपनि उनले बल रोक्न सकेनन् र पोस्टमा छिरेको थियो । ३८औं मिनेटमा साराबियोले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५७औं मिनेटमा एजपिलिक्वेटाले गोल गर्दै स्पेनलाई अगाडि ल्याए । राष्ट्रिय टोलीको लागि यो उनको पहिलो गोल थियो । त्यसपछि ७६औं मिनेटमा टोरेसले गोल गरेपछि स्पेन ३-१ ले अघि बढ्यो ।

८५औं मिनेटमा ओरसिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काउने प्रयास गरे । इन्जुरी समयमा पासालिकले गोल गरेपछि ३-३ को अवस्थामा आएको खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफमै स्पेनले २ गोल थप्यो । मोराटाले १००औं तथा ओएरजाबालले १०३औं मिनेटमा गोल गरेपछि स्पेन ५-३ को जीत निकाल्न सफल रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*