हालकाे संकट समाधानकाे प्रजातान्त्रिक बाटाे चुनाव : कमल थापा

निरन्तर न्यूज
१३ असार २०७८, आईतवार १०:३३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावको विरोध गर्नेहरुले अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेको आरोप लगाएका छन् ।

उनले आइतवार सामाजिक सञ्जालमार्फत् यस्तो आरोप लगाएका हुन् । हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव नै भएको जिकिर गर्दै अध्यक्ष थापाले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउनका लागि नभई बिदेशीलाई ’कम्फर्टेबल’ सरकार बनाईदिन लागेको बताए ।

अध्यक्ष थापाले विद्यमान चुनावी प्रणालीको कारण एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम भएकाले संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भएमा भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*