प्रधानमन्त्री ओलीलाई एमाले बागमती प्रदेशकाे ज्ञापन

निरन्तर न्यूज
११ असार २०७८, शुक्रबार २१:४६

काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनर्स्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका बिग्रिएका संरचनाहरूको तत्काल पुनःनिर्माण गर्न एमाले बागमती प्रदेश कमिटीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै सो पत्र बुझाएको हो ।

​​​​​​​बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले बुझाएको पत्रमार्फत् सिन्धुपाल्चोक बाढीमा परी मृतक भएका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४०० परिवारलाई राहत र पुनःस्थापनामा माग गरिएको छ ।

असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीका कारण सो क्षेत्रका १६ जनाको मृत्यु भएको थियो । त्यसैगरी, चार सय परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरूमा समेत क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*