बागमती प्रदेशका प्रहरी कार्यालयहरुलाई सवारी साधन हस्तान्तरण

निरन्तर न्यूज
११ असार २०७८, शुक्रबार २१:४१

हेटौंडा। बागमती प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश अन्तर्गतका १० जिल्लामा रहेका बिभिन्न प्रहरी इकाईहरुलाई सवारी साधन उपलब्ध गराएकाे छ ।

आज मन्त्रालय परिसरमा आयाेजित एक कार्यक्रमका बीच १२ थान भ्यान र १६ थान मोटरसाइकल हस्तान्तरण गरिएकाे छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेयले बागमती प्रदेश प्रहरी कार्यालयमा प्रमुख डिआइजी बसन्त कुमार लामालाई उक्त सवारी साधनकाे साँचाे हस्तान्तरण गरेका हुन् ।

सवारी हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मिरा चौधरी, मन्त्रालयका अधिकृत सुरेन्द्र कार्कीसहित प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*