देउवा निवास बुढानीलकण्ठमा बिपक्षी गठबन्धनकाे बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक शुरु भएको छ ।
राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका हुन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको उपस्थिती रहेको छ ।
बैठकमा मंगलवार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसलगायतबारे छलफल हुने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।