नेविसंघ महामन्त्रीको नेतृत्वमा हेटौंडा १४ मा खाद्यान्न वितरण

निरन्तर न्यूज
८ असार २०७८, मंगलवार १९:५१

हेटौंडा । नेपाली कांग्रेसका भातृ संगठनकाे सक्रियतामा मकवानपुर जिल्लाका विभिन्न स्थानमा खाद्यान्न वितरण कार्यक्रम सन्चानल गरिएकाे छ ।

यसै क्रममा नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात कुमार दाहाल सहित नेपला तरुण दल र नेबि संघ मकवानपुकाे समन्वयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा खाद्यान्न सहयोग गरिएको छ।

दाहालसहित मकवानपुर उधोग वाणिज्य संघका निवर्तमान महासचिव महेन्द्र राउत, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक नेतृत्वको टोलीको समन्वयमा हेटौडा-१४ मा बस्ने न्यून आय भएका घर परिवारलाई ४२ हजार बराबरको खाद्यान्न हस्तान्तरण गरिएको हो।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महिला विभाग केन्द्रिय सदस्य शर्मीला श्रेष्ठ, कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, शिक्षक संघ मकवानपुर सचिव विदुर थापा, तरुण दलका नेताहरु विकेश लाल श्रेष्ठ, पेमा लामा, हेटौडा वडा नं १४ काँग्रेस सभापति बलराम बल तथा सचिव एकलाल लामा, युवा व्यवसायी गोकुल मोक्तान, रविन्द्र घिमीरेलगायतको उपस्थिति रहेको थियो ।

दाहालको नेतृत्वमा हेटौंडाको दुई वटा वडामा खाद्यान्न सहयोग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*