सर्बाेच्चकाे आदेश पश्चात् बाबुराम भट्टराईले के भने ?

निरन्तर न्यूज
८ असार २०७८, मंगलवार १९:२२

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको भावना विपरीत मन्त्री बनाउन र त्यसलाई अदालतले उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बनेको बताएका छन ।

सर्वोच्च अदालतले संसद विघटनपछि सपथ खाएका मन्त्रीहरुलाई पदमुक्त गर्ने निर्णय गरेपछि मंगलबार एक ट्विट सन्देशमार्फत डा. भट्टराईले यस्तो बताएका हुन् । उनले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले लेखेका छन्, ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो। क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*