हेटाैँडाकाे पल्पसा आइसाेलेसनलाई माओवादी केन्द्रकाे सहयोग

निरन्तर न्यूज
७ असार २०७८, सोमबार २०:५०

हेटाैँडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रहेको कोभिड हेल्प डेक्स मकवानपुरलाई नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समितिबाट आइतबार सहयोग प्रदान भएको छ । केन्द्रले नगद ५५ हजार सहित एन ९५ माक्स २४० थान प्रदान गरिएको थियो ।

बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका जिल्ला समिति अध्यक्ष प्रेम बहादुर पुलामी लगायत नेकपा माओवादी केन्द्रका अन्य व्यक्तित्वहरुको उपस्थितिमा हेल्प डेस्कका सदस्य सरोज खनाल, पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, हेल्प डेस्कलाई हेटौंडा ढुवानी एशोसिएशनले पनि आर्थिक सहयोग गरेको छ । एशोसिएशनले हेल्प डेस्कलाई नगद ३० हजार सहयोग गरेको हो । एशोसिएशनका अध्यक्ष प्रदिप अर्याल, बाबुराम घिमिरे, शिव प्रसाद खतिवडा, इश्वर दहाल, कमल प्रसाद विडारी, रमेश अधिकिारी, गोविन्द दहाल, नकुल धिताल, सुर्क प्रजा, सुर्यलाल श्रेष्ठ, सुनिल श्रेष्ठ, रत्नलाल श्रेष्ठ, जगदिस दहाल, शंकर बहादुर राउतलगायतको उपस्थितिमा नगद सहयोग गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, हेल्प डेस्कका सदस्यहरु भुवनलाल श्रेष्ठ, श्याम सुन्दर ढकाल, ज्ञानेन्द्र कार्की, अञ्जली थापा, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सदस्यहरु कुल प्रसाद चौलागाई, बालकुमार मल्ल ठकुरी, क्यान महासंघका अध्यक्ष पुष्पराज पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

हेल्प डेस्कबाट आइतबार तीन सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–५,पिप्लेका एकजना, हेटौंडा–१२, पानतलेका एकजना र बकैया ५, दहीदमारका एकजनालाई अक्सिजन सहयोग गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*