थप खुकुलाे र व्यवस्थित गरि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप
काठमाडौं । केहि खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ ।
थप खुकुलो र व्यवस्थित गरि जारी गरिएको निषेधाज्ञामा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।
आज बसेको उपत्यकामा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले बारका आधारमा पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको जिप्रका ललितपुरका प्रमुख ढुण्डिराज निरौलाले जानकारी दिए ।
आइतवार, मंगलवार र बिहीवार घरायसी सामाग्री, विद्युतीय तथा भाँडाका पसल, घरायसी सामाग्री,अटोमोबाइल र त्यसका पार्टपूर्जा बिक्री वितरण गर्ने पसल सञ्चालन हुने सीडीओ निरौलाले बताए ।
त्यसैगरी सोमवार, बुधवार र शुक्रवार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।
‘बारका आधारमा पसलहरु खोल्न दिने निर्णय गरिएको छ । जसअनुसार आइतवार, मंगलवार र बिहीवार घरायसी सामाग्री, विद्युतीय तथा भाँडाका पसल, घरायसी सामाग्री,अटोमोबाइल र त्यसका पार्टपूर्जा बिक्री वितरण गर्ने पसल सञ्चालन हुने र सोमवार, बुधवार र शुक्रवार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ सञ्चालन हुनेछ ।’ उनले लोकपथसँग भने ।
उनका अनुसार खाद्यन्न फलफूल र तरकारी पसल बिहान ११ बजेसम्म खुल्न दिइने र अन्य पसलहरु भने बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्न दिने निर्णय गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि पछिल्लो पटक नेपालमा असार ७ अर्थात भोलिसम्मका लािग निषेधाज्ञा थप गरिएको थियो । जारी निषेधाज्ञाको समयावधी सकिन लागेसँगै आज तीनै जिल्लाका प्रजिअहरुको बैठक बसी स्मार्ट मोडेलमा निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।
यस्ताे छ सूचि