प्रदेश युवा परिषदकाे उपाध्यक्षमा हेटाैँडाका चाैलागाई नियुक्त
हेटाैँडा । बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा मकवानपुरका सन्तोष चौलागाई नियुक्त भएका छन् ।
आज शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
युवा परिषदमा उपाध्यक्ष नियुक्त भएसँगै प्रदेशमा युवाको नीति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताए ।
चौलागाईलाई आजै प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्र्तवार्ताका लागि छनौट गरेको थियो ।