निर्वाचन आयोगले लेखा परिक्षण नबुझाउने ४१ दललाई ताेक्याे जरिबाना (सूचिसहित)
काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलसँग जरिबाना उठाउने तयारी सुरु गरेको छ । आयोगले समयमै आयव्ययको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने ४१ वटा राजनीतिक दललाई ५० हजार रुपैयाँका दरले जरिबाना तोकेको हो ।
गत वैशाख ७ गते लगातार तीन वर्षसम्म पनि लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई सफाइसहित स्पष्टीकरण सोधेको थियो । तर, केवल पाँचवटा दलहरुले मात्रै स्पष्टीकरण बुझाएका थिए ।
आयोगका अनुसार प्रतिवेदन नबुझाउने ४१ वटा दललाई पुन: सात दिनको समय दिँदा पनि अटेरी गरेकाले दल सम्बन्धी ऐन २०७३ को दफा ५४ अनुसार ५० हजार रुपैयाँका दरले जरिबाना तिराउने निर्णय भएकोहो । ४१ वटा दलले ३० दिनभित्र ५० हजार रुपैयाँका दरले जरिबाना तिरेमा ६ महिनाभित्र उनीहरुले गरेका अन्य गल्ती सच्याउने मौका दिइने पनि आयोगले स्पष्ट पारेको छ ।