जसपाबाट मन्त्री बनेकालाई उपेन्द्रले साेधे स्पष्टिकरण

निरन्तर न्यूज
३१ जेष्ठ २०७८, सोमबार ११:२०

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन् ।

जसपाका महन्थ ठाकुर – राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महतोको नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी भएका छन् ।

पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरणको जवाफ सात दिनभित्र दिनुपर्ने भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*