गण्डकी प्रदेशकाे पहिलाे क्याबिनेटले के के गर्याे निर्णय
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको पहिलो क्याविनेट बैठक आज बसेको छ । बैठकबाट प्रवक्ताको रुपमा विना बिभागिय मन्त्री कुमार खड्कालाई नियुक्त गरेको छ ।
त्यस्तै बैठकमा निवर्तमान मुख्यमन्त्रीलाई सम्मान र निती तथा कार्यक्रम, बजेट असार १ गते ल्याउने कानुनी बाध्यकताका बिषयमा समेत छलफल भएकाे बताइएकाे छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग मुख्यमन्त्री नेपालीले छलफल गर्ने बताइएकाे छ ।
समय सिममा बजेट ल्याउन नसक्दाका बिकल्पका बारेमा छलफल गरिने भएकाे छ ।