गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित चार विना विभागीय मन्त्रीले लिए सपथ

निरन्तर न्यूज
२९ जेष्ठ २०७८, शनिबार २०:३६

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली  र चार मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यलयमा अहिले एक समारोहकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

मुख्यमन्त्री पोखरेलले सबै मन्त्रालय आफै मातहत राखेका छन् ।

यसैगरि कुमार खड्का, हरिशरण आचार्य, मधु अधिकारी र राजिव गुरुङले विना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*