ओली भाइरस पोखरामा पनि सल्केको देखियो : बाबुराम भट्टराई

निरन्तर न्यूज
२९ जेष्ठ २०७८, शनिबार १७:४१

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्केको देखिएको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेता पनि पुन मुख्यमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेपछि पूर्ब प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

 

उनले लेखेका छन्–’ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*