भोको पेटको सहारा बन्दै समाजवादी युवा संघ

निरन्तर न्यूज
२९ जेष्ठ २०७८, शनिबार १७:३३

काठमाण्डाैँ । यतिबेला निषेधाज्ञा रहेकाे समय छ । जसले यस समयमा कैयौं मानिसहरुको रोजगारी गुमेको छ, मजदुरी गर्नेहरुकाे छाक खोसिएको छ ।

विशेषगरी शारीरिक अपांग तथा असहाय, परिवारविहिन, मजदुर तथा आर्थिक विपन्न भएका व्यक्तिहरु एकैपटक रोग र भोकसंग लड्नुपरिरहेको अवस्था छ । जनता समाजवादी पार्टी संबद्ध युवा संगठन समाजवादी युवा संघ, कोभिड रेस्पोन्स टिमले उपत्यकामा भोका रहेकालाई विगत १४ दिनदेखि निशुल्क खाना खुवाउँदै आएको छ ।

भोकको कारण कसैले ज्यान गुमाउन नपरोस्, कोहि पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यले ‘भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण’ अभियान सञ्चालन गरेको आयोजक तथा समाजवादी युवा संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष हेमन्तकुमार राईले बताए ।

कोभिड रेस्पोन्स टिमले भोको पेटलाई दैनिक दुई सयदेखि चार सय जनासम्मलाई खाना खुवाउँदै आइरहेको छ । यो अभियान निषेधाज्ञा अवधिभर निरन्तर जारी राख्ने उनले बताए । साथै वरिष्ठ उपाध्यक्ष राईले अबको योजना अनाथलय र वृद्धाआश्रममा राहत वितरण गर्ने योजना गरेको बताए ।

उक्त टिमले काठमाण्डुको जोरपाटी चोक, बेशीगाँउ, जम्बुडाँडा, गुहेश्वरी, बालाजु विष्णुमति पुल, वीर हस्पिटल, भ्रदकाली मन्दिर, तिलगंगा, नयाँ वस्ती, गौरीघाट, मैपी हुँदै भक्तपुरको सानोठिमी र ललितपुरको महालक्ष्मीथानमा खाना वितरण गर्दै आइरहेको छ ।
कोभिड रेस्पोन्स टिमले यस विषम परिस्थितिमा अभियान सन्चालन गर्नु रहर नभई बाध्यता भएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*