गण्डकीमा मुख्यमन्त्रीकाे घोषणा नगरिएकाे भन्दै विपक्षी गठबन्धनद्वारा धर्ना
पाेखरा । गण्डकी प्रदेश प्रमुखको कार्यालय अगडाी विपक्षी गठबन्धनले धर्ना दिइरहेकाे छ ।
यही नै बेला यता पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा सत्ता पक्षको बैठक बसिरहेको छ ।
एकातिर विपक्षीको मुख्यमन्त्रीको घोषणाको छिटो हुनुपर्याे भन्ने माग छ भने अर्को तिर सत्ता पक्ष बैठक बसिरहेको छ ।
अव गण्डकी प्रदेशमा मुख्यमन्त्री घोषणाको विषयमा कस्तो निर्णय आउने यसै भन्न सकिने अवस्था छैन ।
यता धर्ना दिने विपक्षी गठबन्धनले बहुमत समर्थन पाएका कारण कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री घोषणा गरिनुपर्ने माग राखिरहेका छन् । घोषणाको समय बितिसक्दा पनि किन ढिला गरियो भन्दै विपक्षी गठबन्धनले धर्ना दिएको हो ।
सुरक्षालाई मध्यनजरगर्दै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।