बागमती प्रदेशकाे नीति तथा कार्यक्रम बहुमतले पास
हेटाैँडा । आज शनिबार बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाकाे बहुमतले पास भएको छ ।
शुक्रबार बसेको नीति तथा कार्यक्रम माथीको छलफल पछि संशोधन प्रस्ताव दर्ता भएका थिए ।
उक्त संशोधन प्रस्ताव फिर्ता लिन सभामुख सानुकुमार श्रेष्ठले समय उपलब्ध गराए पनि फिर्ता नभएपछि संशोधन प्रस्ताव माथी हुन्छ र हुन्न भन्ने प्रक्रियाले बहुमतमा हुन्न भए पछि बहुमतले नीति तथा कार्यक्रम पास भएको हो ।
आजै छलफलमा उठेका विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ समेत दिएका थिए । सभामुख श्रेष्ठले अर्को बैठक असार १ गते दिउँसो ३ बजेलाई बोलाइएको छ । उक्त बैठकमा प्रदेश सरकारले आव २०७८/०७९ को वार्षिक बजेट प्रस्तुत हुनेछ ।