सांसद बैद्यकाे अभिव्यक्तिलाई लिएर हेटाैँडामा व्यापक बिराेध (बिज्ञप्तीसहित )

निरन्तर न्यूज
२९ जेष्ठ २०७८, शनिबार १६:४४

हेटौंडा  । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ति दिने काङ्ग्रेस सांसद बिरुद्द नेकपा एमाले सम्बद्ध संगठनहरुले बिराेध जनाएका छन् ।

आज शनिबार हेटाैँडामा बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका सांसद नराेत्तम बैद्यले दिएकाे अभिव्यक्ति फाैजदारी कानुन आकर्षित हुने भएकाे भन्दै कारवाहीकाे माग गरेकाे हाे ।

संगठनलहरुले संसदिय मर्यादा कायम राख्न र बैद्यलाई तत्काल पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र सभामुख सानू कुमार श्रेष्ठलाई बिज्ञप्ती मार्फत ध्यानाकर्षण समेत गराएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अनेमसंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, प्रेस चौतारी नेपाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीकाे सामुहिक टाेलीले बागमती प्रदेश सभा भवन आगामी धर्ना समेत दिइएकाे थियाे ।

युवा संघ नेपालका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईंको नेतृत्वको टोलिले हत्या जस्तो जघन्य अपराध गर्ने सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको रेकर्डबाट हटाउन समेत बागमती प्रदेशका सभामुखको ध्यानाकर्षण गराएका छन् ।

उकत समूहले आपत्तिजनक अभिब्यक्ति दिएकाे भन्दै सांसद वैद्यको तस्विर समेत जलएका छन्को ।

कार्यक्रममा चौलागाईं, नेकपा एमाले मकवानपुरका जिल्ला सद्स्य पार्बती राना, अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिवहरि दाहाल, चन्द्र शाही, धरम लामा, समिम खान, अनेरास्ववियुका केन्द्रिय सदस्य किशन घिसिङ, अनेरास्ववियु जिल्ला संयोजक बिशाल पौडेल, युवा संघका केन्द्रिय नेताहरु सानू लामा, दिलमाया घर्ती, एमाले नेताहरु उत्सब चौलागाईं, हिरा लामा, बालकृष्ण अधिकारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुबेदी लागायतका नेता कार्यकर्ताहरु विराेध कार्यक्रममा सहभागि भएका थिए ।

सांसद बैद्प्रयले धानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफै तयार हुन्छु भन्ने अभिब्यक्ती दिएका थिए । उनकाे अभिव्यक्तिलाई लिएर एमाले केन्द्रिय कमिटिदेखि देशभर बिराेध भएकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*