दिपक मनाङेले मन्त्री पदबाट राजिनामा दिए

निरन्तर न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार १०:५४

काठमाडौं । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले मन्त्री पदबाट राजिनामा दिएका छन् ।

मन्त्री मनाङेले बिहीवार मुख्यमन्त्रीलाई पत्र लेख्दै मन्त्री पदबाट राजिनामा दिएका हुन् । उनले मूख्यमन्त्री पदमुक्त भइसकेपछि आफू पनि पदमा बसिरहनु उचित नठानेको कारण राजिनामा दिएको बताएका छन् भने विपक्षी गठवन्धनलाई सघाउने घोषणा पनि गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई हटाएर सो मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*