आज बस्ने संवैधानिक इजलास स्थगित

निरन्तर न्यूज
२४ जेष्ठ २०७८, सोमबार ११:३५

काठमाडौं । सर्वोच्च अदालतमा आज बस्ने भनेको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको हो ।

सर्वोच्च प्रशासनलाई प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी दिएका छन् । प्रधानन्यायाधीश जबरालाई के भएको हो भन्नेबारे खुलाइएको छैन । संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिन सक्ने सर्वोच्च स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइ हुन सकेको छैन ।

आजका लागि हेर्दा हेर्दैमा राखिएको थियो । आइतबार इजलासबारे नै सवाल जवाफ भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केही वकिलहरूले इजलासमा रहेका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले यो मुद्दा हेर्न नमिल्ने तर्क गरेपछि र अरूले अहिलेको संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना कुनै पनि न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि इजलास, मुद्दामा प्रवेश नै गर्न नसकेको हो ।

प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतका ११ न्यायाधीशले सुनुवाई गर्न नमिल्ने भन्दै मुद्दा हाल्ने वकीललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निवेदन फिर्ता लिन वा कारर्वाही भोग्न तयार हुन चेतावनी दिएका छन् ।

संसद विघटन विरुद्ध परेको रिटमाथिको सुनुवाईमा प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलाशका न्यायाधीशहरु विरुद्ध पक्षका वकीलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आज नयाँ इजलाश बनाएका हुन् ।

त्यसमा पनि विवाद देखिएको हो । आइतबार मुद्दामा प्रवेश नै नगरी संवैधानिक इजलास उठेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*