नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

निरन्तर न्यूज
२४ जेष्ठ २०७८, सोमबार ११:३२

काठमाडौं । नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न भर्चुअल बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीले आइतबार बेलुका विज्ञप्तीमार्फत ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको जनाउँदै उनले त्यसको लागि केही शर्त पनि अघि सारेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त उनले अघि सारेका छन् ।

ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि खनाल-नेपाल पक्षका नेता योगेश भट्टराईले सकरात्मक भन्दै प्रतिक्रिया दिएका छन् भने केही नेताले यस्तो प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*