आजै संवैधानिक इजलास गठन गरि संसद विघटनको मुद्दाबारे सुनुवाइ शुरु गरिने

निरन्तर न्यूज
२३ जेष्ठ २०७८, आईतवार १०:५०

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजबाट शुरु हुँदैछ । आज सर्वोच्चमा उक्त मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा संवैधानिक इजलास गठन हुँदैछ ।

यसअघि गठन भएको इजलासका न्यायाधीशहरुमा प्रश्न उठेपछि त्यसलाई बदर गरिएको थियो । त्यससँगै प्रधानन्यायाधीश राणाले वरिष्ठताको आधारमा इजलास गठन गरि सुनुवाइ शुरु गर्ने बताएका थिए ।

प्रधानन्यायाधीश राणाले आज त्यसको अन्तिम टुंगो लगाउने भनेपनि त्यसबारे केहिबेरमा निर्णय आउने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले लोकपथलाई जानकारी दिए ।

‘आज सवा १० बजेतिर बेन्च गठन हुन्छ । अहिले त्यसबारे छलफल भइरहेको छ ।’ प्रवक्ता पोखरेलले लोकपथसँग भने ।

गत जेठ ७ गते मध्यराती सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेकी छिन् । त्यसको विपक्षीमा ३० वटा रिट निवेदनहरु परेको छ । त्यसको सुनुवाइ जेठ १३ गते बिहीवारबाट शुरु भएको थियो । जसमध्ये १९ मुद्दा प्रधानन्याधीश राणाको एकल इजलासले गर्ने भनिएको थियो । तर रिट निवेदकहरुले संवैधानिक इजलासबाट त्यसको सुनुवाइ हुनुपर्ने माग गरेसँगै प्रधानन्यायाधीश राणाले सबै मुद्दालाई संवैधानिक इजलास मार्फत नै गर्ने घोषणा गरेका थिए । शुक्रवार सुनुवाइ शुरु भएपनि विवाद भएसँगै आजबाट त्यसको सुनुवाइ शुरु हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*