मन्त्रिपरिषद् पुनर्गठनकाे विपक्षी गठबन्धनकाे बिराेध

निरन्तर न्यूज
२३ जेष्ठ २०७८, आईतवार ०७:४५

काठमाडौं । सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनको पाँच राजनीतिक दलहरुले विरोध एवम् भर्त्सना गरेका छन् । विपक्षी गठबन्धनमा रहेका पाँच दलहरुले कामचलाउ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको ठहर गरेको हो ।

दलहरुले संयुक्त वक्तव्य जारी गर्दै मन्त्रिपरिषद् पुनर्गठनप्रति आपत्ति जनाउनुका साथै सरकारका अन्य निर्णयहरुको पनि विरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*