संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो : डाक्टर भट्टराई

निरन्तर न्यूज
२२ जेष्ठ २०७८, शनिबार १२:१८

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा समावेश भएकोमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

भट्टराईले सामाजिक सञ्‍जालमा यक्ष प्रश्‍न गर्दै संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो भनी उनीहरूलाई प्रश्‍न गरेका छन् ।

अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्‍ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्‍ने कसरी एकै ठाम भए भनी प्रश्‍न गर्दै उनले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल जोडिएको र दुबैको मुकुण्डो उत्रिएको बताएका हुन् ।

विगत केही महिनायता विवाद चुलिएपछि जसपा पनि अहिले विभाजित भएको छ । ठाकुर-महतो पक्ष खुलेरै ओलीको समर्थन गर्दै सरकारमा सहभागी हुँदा उपेन्द्र-बाबुराम पक्ष भने ओलीका हरेक कदम प्रतिगामी भएको भन्दै निरन्तर विरोध गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*